SEJON

नयाँ सदस्यता आवेदन खुला गरिएकोबारे ।

मिति : २०७९/ ३/०९ गते

आर्थिक पत्रकारज्यू,

विषय : नयाँ सदस्यता आवेदन खुला गरिएकोबारे ।

मिति २०७९/०३/०८ गते, बुधबार बसेको नेपाल आर्थिक पत्रकार समाज (सेजन) कार्यसमितिको बैठकले सेजन विधानबमोजिम योग्यता पुगेका आर्थिक पत्रकारहरुका लागि नयाँ सदस्यदताका आवेदन खुलाउने निर्णय गरेको छ । सदस्यताका लागि मिति २०७९ असार ९ गते देखि असार २१ गतेसम्म आवेदन दिन सकिनेछ ।

सदस्यताका लागि आवेदन दिने फर्मका साथै सेजनको विधान २०५४ को परिच्छेद ३ र सदस्यतासम्बन्धी कार्यविधि २०७२ अनुसार ५ वर्षसम्म आर्थिक पत्रकारिता गरेका र कम्तीमा स्नातक गरेका पत्रकारहरुले तोकिएको अवधिभित्र आवेदन दिनुहुन अनुरोध छ । आवेदनका लागि आवश्यक पर्ने योग्यता तथा कागजातको विवरण यसै पत्रसँग संलग्न गरिएको छ । आवेदन फाराम सेजन सचिवालयमा बुझाउन वा सेजनको इमेल (nepal.sejon@gmail.com) मार्फत पठाउन सक्नुहुने छ ।

सहयोगका लागि धन्यवाद ।

भागवत भट्टराई
महासचिव
नेपाल आर्थिक पत्रकार समाज (सेजन)

News

सेजनको विधान अनुसार नयाँ सदस्यता आवेदन दिन निम्न कागजातहरु समावेश गर्नुपर्ने छः

नेपाल आर्थिक पत्रकार समाज (सेजन) को विधान अनुसार नयाँ सदस्यता आवेदन दिन निम्न कागजातहरु समावेश गर्नुपर्ने