SEJON

नयाँ सदस्यता आवेदन खुला गरिएकोबारे ।

मिति : २०७९/ ३/०९ गते

आर्थिक पत्रकारज्यू,

विषय : नयाँ सदस्यता आवेदन खुला गरिएकोबारे ।

मिति २०७९/०३/०८ गते, बुधबार बसेको नेपाल आर्थिक पत्रकार समाज (सेजन) कार्यसमितिको बैठकले सेजन विधानबमोजिम योग्यता पुगेका आर्थिक पत्रकारहरुका लागि नयाँ सदस्यदताका आवेदन खुलाउने निर्णय गरेको छ । सदस्यताका लागि मिति २०७९ असार ९ गते देखि असार २१ गतेसम्म आवेदन दिन सकिनेछ ।

सदस्यताका लागि आवेदन दिने फर्मका साथै सेजनको विधान २०५४ को परिच्छेद ३ र सदस्यतासम्बन्धी कार्यविधि २०७२ अनुसार ५ वर्षसम्म आर्थिक पत्रकारिता गरेका र कम्तीमा स्नातक गरेका पत्रकारहरुले तोकिएको अवधिभित्र आवेदन दिनुहुन अनुरोध छ । आवेदनका लागि आवश्यक पर्ने योग्यता तथा कागजातको विवरण यसै पत्रसँग संलग्न गरिएको छ । आवेदन फाराम सेजन सचिवालयमा बुझाउन वा सेजनको इमेल (nepal.sejon@gmail.com) मार्फत पठाउन सक्नुहुने छ ।

सहयोगका लागि धन्यवाद ।

भागवत भट्टराई
महासचिव
नेपाल आर्थिक पत्रकार समाज (सेजन)

News

राजस्व संकलन विस्तारै सुधार हुँदै छ : अर्थसचिव राया सुस्तताको सामना गर्दै नेपालको आर्थिक वृद्धि

अर्थसचिव तोयम रायले राजस्व संकलन सुधारोन्मुख भएको बताएका छन्। नेपाल डेभपलमेन्ट अपटेड (अप्रिल २०२३) को बुधबार

‘इन्टरनेशनल कन्फ्रेन्स अन फाइनान्सिङ फर नेपाल’ सुरू, प्रधानमन्त्रीले गरे उद्घाटन

काठमाडौं- नेपालमा आर्थिक विकासका लागि दिगो लगानीका स्रोत र सम्भावनाको खोजी गर्ने उद्देश्यसहित काठमाडौंमा ‘इन्टरनेशनल कन्फ्रेन्स

अर्थतन्त्र संकट छैन, नयाँआयाम खोजौंः अर्थमन्त्री शर्मा

काठमाडौं, मंसिर १५ अर्थमन्त्री जनार्दन शर्माले मुलुकको अर्थतन्त्र संकटमा नरहेको बताएका छन् । अर्थतन्त्रका सूचकहरू सुधारोन्मुख