SEJON

Add Your Heading Text Here

नेपाल आर्थिक पत्रकार समाज (सेजन) का सदस्य तथा बरिष्ठ आर्थिक पत्रकार बलराम बानियाँको मिति २०७७ साउन २८ गते, बुधवार दुखद निधन भएको यहाँहरुलाई अवगत नै छ । सेजनले स्व.बानियाँको परिवारलाई  सहयोग पुगोस भन्ने उदेश्यले सेजनको सानिमा वैकमा रहेको खाता नं ०२३०१००१००००८६२ मा ‘बलराम बानियाँ सहयोग कोष’ खडा गर्ने निर्णय गरेको सवै साथिहरुलाई जानकारी गराउन चाहान्छौं ।
सो कोषमा  सेजनका सम्पूर्ण सदस्यहरु तथा शुभेच्छुकहरुलाई स्वेच्छिक रुपमा सहयोगको लागि सेजन हार्दिक अपिल गर्दछ । तपाईहरुको सहयोगबाट संकलित रकम र नामावली सहित परिवारमा हस्तान्तरण गर्ने तथा यस बारेमा सेजनको साधारण सभामा जानकारी गराउने छौं ।  तपाईहरुले सेजनको वैंक खातामा सिधै तथा सेजन सचिवालयमा बिहान १० बजे देखि ५ बजे सम्म (अन्तिम मिति २०७७ असोज #) गते) सम्म रकम बुझाउन सक्नुहुने छ ।

सुजन ओली
महासचिव
सेजन

(थप जानकारीको लागि मोबाईल नम्बर ९८५१०३७७६२,९८५११९८६४७,९८४१०९३२५०)