
मिति : २०७८/८/२८
सेजन सदस्यज्यू, नमस्कार
विषय : जानकारी गराइदिनुहुने बारे
नेपाल आर्थिक पत्रकार समाज सेजन मूलभुत रुपमा सदस्यको क्षमता अभिवृद्धि सम्वन्धित कामहरु गर्दै आएको यहाँहरुलाई अवगत नै छ । यसलाई थप व्यवस्थित गर्नको लागि अर्थ क्षेत्रमा विभिन्न विटमा काम गर्नेहरूको समूह तयार पारी तालिम तथा अन्य गतिविधिहरु गर्ने योजना हामीले बनाएका छौँ ।
विषयगत रुपमा सदस्य ज्यूहरुको रोष्टर तयार गर्ने र त्यसै आधारमा तालिम तथा क्षमता अभिवृद्धिका कार्यक्रम सञ्चालन गरिने भएकोले तल उल्लेखित गुगल फारम ७ पुस २०७८ सम्म भरिदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।
फारम:
(नोट : सेजनले आगामी दिनमा आयोजना गर्ने क्षमता विकासका कार्यक्रम मात्रै होइन, विभिन्न विषयगत अन्तरक्रियामा पनि यही आधारमा सहभागिता गराइने भएकोले अनिवार्य रुपमा जानकारी अध्यावधिक गराइदिनुहुन अनुरोध गर्दछौँ ।)
भागवत भट्टराई
महासचिव
सेजन
अर्थसचिव तोयम रायले राजस्व संकलन सुधारोन्मुख भएको बताएका छन्। नेपाल डेभपलमेन्ट अपटेड (अप्रिल २०२३) को बुधबार
काठमाडौं- नेपालमा आर्थिक विकासका लागि दिगो लगानीका स्रोत र सम्भावनाको खोजी गर्ने उद्देश्यसहित काठमाडौंमा ‘इन्टरनेशनल कन्फ्रेन्स