अर्थतन्त्रको समस्या समाधान जीवन मरणको लडाइँ हो ः प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अर्थतन्त्रको समस्या समाधान गर्नु जीवन मरणको लडाइँ रहेको बताएका छन् । आइतबार नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले आयोजना गरेका नेपाली अर्थतन्त्रको अबको बाटो विषयक कन्फरेन्स तथा सेजन अवार्ड २०७९ कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले आफू नेतृत्वको सरकारले अर्थतन्त्रकोण् सुधारलाई प्रमुख एजेण्डा बनाएको बताएका हुन् ।

‘मैले पहिलो र दोस्रो कार्यकाल संविधान कार्यान्वयनमा केन्द्रित हुनुपथ्र्यो गरे पनि त्यसो गरेपनि,” उनले भने,  ‘निर्वाचन अभियान चलाउदा पनि अबको समय आर्थिक उन्नती र  विकास नै हो भनेको थिएँ। त्यसका निम्ती सुशासन अपरिहार्य छ।’

उनले समाजिक न्याय सुशासन र समृद्धिको बाटोमा देशलाइ डोर्याउने अभिभारा रहेको भन्दै जनतासंग गरेको बाचा  संकल्प निष्ठापूर्वक अघि सारेको बताए। उनले नेपाली अर्थतन्त्रलाइ सुधार्ने कुरा सजिलो नभएको भन्दै राष्ट्रिय अन्तराराष्ट्रिय चुनौतीहरुको समाना गर्नु परेको बताए ।

पछिल्लो दुई महिना अर्थतन्त्रमा सुधार देखिएका छ तर यो स्थायी खालको नभएको उनको स्वीकारोक्ती रहेको थियो ।

उनले अबको आर्थिक विकासलाई लागि कृषिलाई नै प्राथमिकतामा राख्नुपर्ने बताए।

त्यसैगरी प्रधानमन्त्री प्रचण्डले आर्थिक विधेयकहरुलाई उच्च प्राथमिकतामा राखेको बताए।  देशलाई आर्थिक निकास दिन विधेयकलाई प्राथमिकतामा राखेको उनको भनाइ छ ।  उनले आर्थिक विकासको लागि कृषिलाई प्राथमिकता दिनु पर्ने बताए ।

“हिजो नेपालीहरु आत्मनिर्भर थिए। खाद्यान्नमा आत्मनिर्भर भएर निर्यात गर्थे तर अहिले आफुसंग भएको सकारात्मक शक्ति पहिचान नगर्दा परनिर्भर हुनुपरेको छ।” प्रचण्ले भने ।

उनले निराश हुनुपर्ने अवस्था नभएको बताए । उनका अनुसार गत वर्ष श्रीलंका जस्तै हुन लाग्यो भने पनि अहिले त्यस्तो अवस्था छैन ।

दाहालले सरकारको न्यनतम साझा कार्यक्रममा पनि अब मुलुकले लिनुपर्ने बाटोको बिषय उल्लेख  गरेको बताए।

उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले विश्व अर्थतन्त्रमा अझै संकट कायम रहेकाले  संयमित हुनुपर्ने बताए।  २०७२ मा संविधान जारी भएपछिका ३ बर्ष मुलुकले उच्च आर्थिक वृद्धिदर हासिल गरेको थियो। “हाम्रो पालामा आर्थिक समृद्धी हुन्छ भन्ने आशा पलाएको थियो। तर त्यसपछि कोभिड र राजनीतिक अस्थितरता सुरु भयो,ु उनले भने,ुविभिन्न कारणले उत्पादन लागत बृद्धि भइ मूल्यवृद्धि आकाशिएको छ।”

उनका अनुसार विदेशी मुन्द्राको संचिता घटेका कारण आयात प्रतिबन्ध लगाउनु परेको थियो। जसका कारण राजश्वमा असर परेको छ।आइएमएफले पनि अझै जोखिम बढ्न सक्ने देखाएको छ।

यथाशिघ्र अर्थतन्त्रको कोर्ष करेक्सन गर्नुपर्ने उनले बताए। यदि त्यसो गर्न नसक्ने हो भने अर्थतन्त्रमा ठुलो समस्या आउने उनको भनाई छ।

उनका अनुसार आयात बढेको छ। व्यापारघाटा चुलिएको छ।  डिजिटल अर्थतन्त्र र नवप्रवर्तनमा जोड दिनुपर्ने अवस्था छ।  राष्ट्र बैंकको पछिल्लो तथ्यांकले केहि सुधार देखाएको बताछ। तर  चुनौती रहेको उनको भनाइ छ। उनका अनुसार टालेटुले काम गर्ने छुट छैन।

योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठले नेपालको नीतिमा तर्जुमा क्रममा महत्वाकाङक्षी नीति बनाउनु नै समस्या रहेको बताए। उनका अनुसार आवश्यकता र सम्भावना भएको नेपाल जस्तो मुलुकमा केहि महत्वाकाङक्षी योजना पनि बन्नुपर्छ। तर  त्यसलाइ कार्यान्वयन गर्न नसक्दा नतिजा आउन सकेको छैन।

बजारप्रति राष्ट्र बैक नकारात्मक छैन –गभर्नर

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले राष्ट्र बैक सेयर बजार प्रति नकारात्मक नभएको बताए।  उनका अनुसार राष्ट्र बैक सेयर बजारप्रति नकारात्मक हुने कुनै कुरा छैन।  सेयर बजार नियमनका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन) रहेको छ। राष्ट्र बैंकले बैक तथा वित्तिय संस्थालाई नियमन गर्ने हो। बाफियामा पर्ने संस्थाहरुलाई नियमन गर्ने हो। ुत्यस्ता संस्थामा नियम गर्दा कुनै कुनै किसिमले असर परेको होला,ु उनले भने,ु हामीले पुँजी बजारलाइ असर पुर्याउनु हुदैन।ु

त्यसै गरि विदेशीको मुद्राको संचितीमा चाप पर्दा केहि वस्तुमा आयात प्रतिबन्ध लगाइएको र अहिले उक्त प्रतिबन्ध हटिसकेको बताए। उनका अनुसार उक्त प्रतिबन्ध सीमित समयका लागि थियो।  ‘त्यसै गरि अहिले एलसीको मार्जिन बैंकलाई नै छाडिएको छ,’ उनले भने।    

अर्थविद प्राध्यापक डा अच्युत वाग्लेले राजनीतिक क्रान्ति सम्पन्न भएसकेकाले अब आर्थिक विकासलाई प्राथमिकता दिनुपर्ने बताए । ‘नेपाल शान्ति प्रक्रियामा आएको र संवैधानिक स्थायीत्वतिर जान थालेकाले अबको प्राथमिकता आर्थिक बहसतिर हुनुपर्छ,’ उनले भने । उनले अबको मुख्य बाटो समेत त्यतातिरै भएको बताए।

‘संसारका प्रतिष्ठित संस्थाहरुले गरेका रेटिङका आधारमा  संसारका १९३ देशमध्ये नेपाल लोकतान्त्रिक सुचकांकमा १०१ स्थान, बजार प्रतिपस्पर्धी सुचकांकमा १३१ स्थान, भ्रष्टाचार नहुने मुलुकुमा ११० स्थान,प्रतिव्यक्ति आयमा १५९ स्थान, मानव विकास सुचाकांकमा १४२ स्थान, राहदानीमा १८६, शासकीय सुचाकांकमा १३९ स्थान, नवप्रवर्तनमा १११ डुइङ बिजनेसमा ९४ स्थानमा,जीनवयापन गुणस्तर ०.९५ स्थानमा छ। आन्तरिक इन्डिकेटर राम्रा छैनन्,’ उनले भने ।

विगतका अर्थमन्त्रीदेखि गभर्नर सम्मले आफु पदमा हुदा राम्रो काम गरेको बताए पनि अर्थतन्त्रले त्यस्तो नबताउने उनको भनाइ छ।

उनले अहिलेको प्राथमिकता कृषि नै हुनुपर्ने बताए। उनले उच्च शिक्षामा लगानी गर्न सके योग्य जनशक्ति उत्पादन हुने र त्यसले अर्थतन्त्रलाइ राम्रो गर्ने बताए। अहिलेको उच्च शिक्षाको प्रणाली कोल्याप्स भएको उनको भनाइ छ।

निजीकरण भएका संस्थानहरुको मूल्यांकन गर्ने बेला भएको अर्थसचिव तोयम रायाले बताए । निजीकरण भएका संस्थानहरुको मुल्यांकन हुने बताए । ‘निजीकरणमा गएपछि त्यो सफल भयो त?, मूल्यांकन गर्ने बेला भएको छ। संस्थानहरुको अवस्था के छ? पहिले र अहिलेको परिवेश फरक छ। मूल्यांकन नगरी अघि बढ्दैनौ,’ उनले भने।

विश्व बैंकका नेपाल, श्रीलंका तथा माल्दिभ्स निर्देशक फारिस हदाद जर्वोसले नेपालले विकासको नयाँ मोडल विकास गर्नुपर्ने बताए । ‘नेपाललाई यस्तो मोडल चाहिएको छ जसले आर्थिक वृद्धि मात्रै होइन रोजगारी पनि सृजना गरोस्,’ उनले भने, ‘र, त्यस्तो रोजगारी औपचारिक क्षेत्रमा सृजना होस्, जसमा महिला र युवाहरु सहभागी बन्न पाऊन् ।’

Leave a Reply